PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

गठबन्धनको विकल्प नभएको शशांकको भनाइ, सिट बाँडफाँट भने स्थानीय तहको निर्वाचनका आधारमा हुनुपर्ने माग



पहिलोपोस्ट

गठबन्धनको विकल्प नभएको शशांकको भनाइ, सिट बाँडफाँट भने स्थानीय तहको निर्वाचनका आधारमा हुनुपर्ने माग

काठमाडौं : नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले स्थानीय तह निर्वाचनको मतपरिणामका आधारमा संघ र प्रदेशको सिट बाँडफाँट हुनुपर्ने बताएका छन्।

'स्थानीय निकायको निर्वाचनमा पाएको संकेत र सत्यताका आधारमा सिट भाग लगाउनुपर्छ,' उनले भने।

कांग्रेसले ९५ देखि १०० सिट पाउनुपर्ने दाबी उनको थियो। गठबन्धनमा रहेका दल पनि यसका लागि तयार बन्नुपर्ने उनको भनाइ थियो।

अहिले गठबन्धनको विकल्प नरहेको भन्दै उनले गठबन्धनका दल सहमतिमा आउने बताए।

निर्वाचनमा कांग्रेस होमिएको भन्दै उनले आम नेता तथा कार्यकर्तालाई निर्वाचन लक्षित कार्यक्रममा सहभागी हुनसमेत आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell