काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेको काठमाडौं महानगरपालिकाको टोलीले त्यहाँको बेसमेन्ट खुला गर्न थालेको छ।
विभागमा रहेको पार्किङ सेवाग्राहीलाई पनि खुलाउन महानगर र ट्राफिक प्रहरीको टोली विभाग पुगेको हो। त्यसैक्रममा विभागको बेसमेन्टमा रहेको कुर्सी र टेबलहरु महानगर प्रहरीले निकालेको हो।
बेसमेन्टमा नै कार्यालय संचालन गरिरहँदा पार्किङ सडकमै हुँदै आएको थियो। महानगरले बेसमेन्ट खुला गरि त्यहाँ पार्किङ सेवा दिन विभागलाई भनेको छ।