PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

सस्तो रक्सी मिसाएर 'ब्रान्डेड' बोटलमा मदिरा बिक्री गर्ने गिरोह पक्राउ, आन्तरिक राजश्व विभागको स्टिकर नक्कली रक्सीमा टाँस्थे



पहिलोपोस्ट

सस्तो रक्सी मिसाएर 'ब्रान्डेड' बोटलमा मदिरा बिक्री गर्ने गिरोह पक्राउ, आन्तरिक राजश्व विभागको स्टिकर नक्कली रक्सीमा टाँस्थे

काठमाडौं : प्रहरीले नक्कली मदिरा उत्पादन गरिरहेको स्थानमा छापा मारेको छ। त्यसक्रममा प्रहरीले नक्कली मदिरा उत्पादन र बिक्री गर्ने ५ जनालाई पक्राउ पनि गरेको छ। डबल ब्ल्याक, ब्ल्याक लेबल, ज्याक डेनियल्स लगायत ब्रान्डेड मदिराको बोटलमा उनीहरुले सस्तो मदिरा राखेर बिक्री गर्ने गरेका थिए।

काठमाडौंको कोटेश्वर र भक्तपुरको ढुवाकोटबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दोलखाका २४ वर्षीय हरी ओली र २९ वर्षीय भगवान बस्नेत छन्। यस्तै, काठमाडौंको महाबौद्ध बस्ने २० वर्षीय विशाल ओली, मूलपानी बस्ने २७ वर्षीय मनोज ओली र ठमेल बस्ने २७ वर्षीय गोपी श्रेष्ठ रहेका छन्।

पक्राउ पर्नेहरुले ब्रान्डेड मदिराको बोटलमा सस्तो मदिरा मिसाएर बिक्री गर्ने गरेको खुलेको छ। यस्ता मदिरा नाइट क्लब, रेष्टुराँ र दोहोरी साँझमा पुर्‍याइने गरिएको पाइएको छ। ब्रान्डेड मदिरालाई बजारमा चलेको भन्दा सस्तो मूल्यमा उनीहरुले बिक्री गर्ने गरेको महानगरीय प्रहरी परिरस काठमाडौंका प्रमुख भरत बोहोराले बताए।

पक्राउ पर्नेहरुले ८ हजार पर्नेलाई मदिरालाई 'स्टक क्लियरेन्स' गर्ने भन्दै ७ हजारमा बिक्री गर्ने गरेको खुलेको छ।

यस्तै, उनीहरुले आन्तरिक राजश्व विभागको स्टिकर पनि प्रयोग गर्ने गरेको खुलेको छ। सस्तो मदिराको स्टिकर नक्कली रक्सीमा टाँसेर बिक्री गर्ने गरेको खुलेको हो।   

सरकारले विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि विदेशी मदिरा आयातमा प्रतिवन्ध लगाएको छ। यही प्रतिबन्धको फाइदा उठाउँदै विभिन्न समूहले नक्कली मदिरा उत्पादन गरेर बेच्न थालेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell