PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

राहदानी विभागको बेसमेन्ट आइतवारदेखि पार्किङको लागि उपलब्ध हुने



पहिलोपोस्ट

राहदानी विभागको बेसमेन्ट आइतवारदेखि पार्किङको लागि उपलब्ध हुने

काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभागले आफ्नो भवनमा रहेको बेसमेन्टलाई पार्किङको लागि उपलब्ध गराउने भएको छ। यसअघि राहदानी आवेदकहरुको लागि होल्डिङ एरियाको रुपमा प्रयोग हुँदै आएको बेसमेन्ट आइतवारबाट पार्किङको लागि प्रयोग हुने विभागले जनाएको छ।

शुक्रवार विभाग पुगेर काठमाडौं महानगरपालिकाको टोलीले त्यहाँको बेसमेन्ट खाली गराएको थियो। विभागमा रहेको पार्किङ सेवाग्राहीलाई पनि खुलाउन महानगर र ट्राफिक प्रहरीको टोली विभाग पुगेको थियो। सो क्रममा विभागको बेसमेन्टमा रहेको कुर्सी र टेबलहरु महानगर प्रहरीले निकालेको छ।

बेसमेन्ट पार्किङको लागि खुला हुने भएसँगै विभागले लाइभ इनरोलमेन्ट सेन्टर त्यहाँ कायम भएका सेवाग्राही मात्र राहदानी आवेदनको लागि आउन आग्रह गरेको छ।

त्यस्तै, विभागले राहदानी आवेदनका लागि आवेदकहरु तोकिएको मिति र समयमा मात्र विभागमा आउन समेत आग्रह गरेको छ। तयार भएको राहदानी लिन आउने सेवाग्राहीहरुले गेट नम्बर २ प्रयोग गर्न विभागको आग्रह छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell