PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

थपिए ३२४ जना कोरोनाका संक्रमित, १ जनाको मृत्यु



पहिलोपोस्ट

थपिए ३२४ जना कोरोनाका संक्रमित, १ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३ सय २४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ५१५ जनामा परीक्षण गर्दा ३ सय २४ जनामा संक्रमण देखिएको हो।

१ हजार ६७३ पीसीआर परीक्षण गरिएकोमध्ये १६३ जनामा र १ हजार ८४२ एन्टीजेन परीक्षण गरिएकोमा १६१ जनामा संक्रमण देखिएको हो।

त्यस्तै, सोही अवधिमा ४ सय १८ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय ४३ रहेको छ।

यसैगरी, पछिल्लो २४ घण्टामा थप १ जनाको संक्रमणका कारण मृत्यु भएको छ। योसँगै हालसम्म ११ हजार ९ सय ९९ जनाको नेपालमा कोरोनाका कारण मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell