PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

‘बा आकाश हुन्’ गीत सार्वजनिक



पहिलोपोस्ट

‘बा आकाश हुन्’ गीत सार्वजनिक

काठमाडौं : बुवाको मुख हेर्न दिनको अवसरमा ‘बा आकाश हुन्’ बोलको गीत सार्वजनिक भएको छ। यस गीतमा सुरेन गौतमको स्वर रहेको छ।

तुलसी बस्नेतले लेखेको गीत सन्देश श्रेष्ठको संगीतमा तयार भएको हो। गीतको संगीत संयोजन दिनेश श्रेष्ठले गरेका हुन्। गीतको भिडियोमा निर्देशन र कन्सेप्ट गायक गौतमको नै रहेको छ। सुरज केसी खिचेको गीतको भिडियोलाई विष्णुहरि तिमल्सिना सम्पादन गरेका हुन्।

गायक गौतमका यसअघि रेशमी पर्दाले छेकेन, छेक्यो डाँडा कुहिरोले, आमाको अर्थ, पिरती लरी लै, सधै-सधै आदि गीत रिलिज भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell