PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

केन्यासँग नेपाल १८ रनले पराजित, १३३ को लक्ष्यमा पनि चलेन ब्याटिङ



पहिलोपोस्ट

केन्यासँग नेपाल १८ रनले पराजित, १३३ को लक्ष्यमा पनि चलेन ब्याटिङ
फाइल फोटो क्यान

काठमाडौं: नेपाली क्रिकेट टोली केन्यासँग पराजित भएको छ। पाँच खेलको टी २० सिरिजको दोस्रो खेलमा नेपाली टोलीको ब्याटिङ नचल्दा घरेलु टोलीसँग १८ रनले पराजित भएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। केन्याका लागि राकेप पटेलले सर्वाधिक ३५ रन बनाउँदा नेहेमिआ ओधिआम्बोले २९ रन बनाए। त्यस्तै इर्फान करिमले २२ तथा सचिन भुडियाले १४ रन बनाएका थिए।

बलिङ तर्फ नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३ विकेट लिँदा करण केसीले २ तथा पवन सर्राफले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालको लागि आरिफ शेखले २५, रोहित पौडेल र आदिल अन्सारीले २० तथा पवन सर्राफले १९ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन्।

केन्याका इम्यानुअल बुन्डी, लुकास एनडन्दासन र विरज पटेलले समान २ विकेट लिँदा नेहेमिआ ओधिआम्बो र इउजिनी ओचिइन्गले समान १ विकेट लिए।

यो सँगै वरीयतामा कमजोर केन्यासँगको सिरिजको दोस्रो खेलमा नेपालले पराजय ब्यहोरेको हो। पहिलो खेलमा भने जित निकाल्दै सुखद सुरुवात गरेको थियो। तेस्रो खेलमा यी दुई टोली आइतवार आमनेसामने हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell