PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

पूर्वमुख्यमन्त्री पौडेलले गरे उम्मेदवार नबन्ने घोषणा



पहिलोपोस्ट

पूर्वमुख्यमन्त्री पौडेलले गरे उम्मेदवार नबन्ने घोषणा

हेटौंडाः वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले आसन्न निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने बताएका छन्। पौडेलले शुक्रबार सन्देश जारी गर्दै मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने घोषणा गरेका हुन्। 

परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टा नयाँ अनुहारलाई समर्थन गर्ने उनले बताए। सधैं हामी नेतृत्वमा जानुपर्छ र अरुले गर्नै सक्दैनन् भन्ने मनोविज्ञान त्याग्नुपर्ने बेला आएकाले सबैले यसतर्फ ध्यान दिनुपर्ने बेला आएको उनको भनाई छ। 

सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सम्भावित उम्मेदवारका बारेमा चर्चा परिचर्चा पनि सुरु भइरहेका बेला पौडेलले यस्तो बताएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell