PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

वाग्मती सरकारले नवौं राष्ट्रिय खेलकुदमा स्वर्णपदक विजेतालाई मासिक ६ हजार भत्ता दिने



पहिलोपोस्ट

वाग्मती सरकारले नवौं राष्ट्रिय खेलकुदमा स्वर्णपदक विजेतालाई मासिक ६ हजार भत्ता दिने

हेटौंडाः वाग्मती प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीहरुलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ। प्रदेश सरकारले प्राथमिकतामा राखेका ९ खेलमा स्वर्ण जित्ने खेलाडीहरुलाई मासिक ६ हजार रुपैयाँ मासिक भत्ता दिने निर्णय गरेको प्रदेशका सदस्य सचिव सूर्य भण्डारीले जानकारी दिए।

भण्डारीका अनुसार अर्को राष्ट्रिय खेलकुद प्रतियोगिता नहुँदासम्मका लागि उनीहरुलाई मासिक भत्ता दिने भएको हो। प्रदेशले फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स, बक्सिङ, कराँते, तेक्वान्दो, ब्याडमिन्टन र पौडी खेलमा पदक जित्ने खेलाडीहरुलाई भत्ता दिने भएको हो। प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको ३६ वटै खेल विधामा वाग्मती प्रदेशको सहभागिता जनाउने भएको छ।

त्यस्तै नवौं राष्टिय खेलकुद २०७९ मा सहभागी हने प्रदेशका खेलाडीहरूलाई ४५ दिने बन्द प्रशिक्षण राख्ने योजना बनाएको प्रदेश खेलकुद परिषद्ले जनाएको छ। नवौं राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशका ७०९ खेलाडी सहभागी हुने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell