PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

भारतमाथि लगाएको प्रतिबन्ध फिफाले गर्‍यो फुकुवा



पहिलोपोस्ट

भारतमाथि लगाएको प्रतिबन्ध फिफाले गर्‍यो फुकुवा

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि लगाएको फुटबलको प्रतिबन्ध फुकुवा गरेको छ। अक्टोबरमा हुने १७ वर्ष मुनिको महिला विश्वकपका आयोजनाका लागि फिफाले भारतको फुटबल संघलाई पत्र लेखेर प्रतिबन्ध फुकुवा गरेको जनाएको हो।

प्रतियोगिताको आयोजना अब भारतले नै गर्न पाउनेछ। यो प्रतियोगिता मुम्बईस्थित भुवनेश्वरमा अक्टोबर ११ देखि ३० सम्म हुँदैछ। अगस्ट १५ मामात्रै भारतको फुटबललाई प्रतिबन्धको घोषणा गरेको थियो। यस फैसलाबाट भारतले महिला फुटबल विश्वकपसमेत आयोजना गर्न नपाउने भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell