PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

मदिरा पिएर श्रीमतीको कोखमा हतियार प्रहार गरि हत्या, फरार श्रीमान सीमाबाट पक्राउ



पहिलोपोस्ट

मदिरा पिएर श्रीमतीको कोखमा हतियार प्रहार गरि हत्या, फरार श्रीमान सीमाबाट पक्राउ

काठमाडौं : झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरि श्रीमतीको हत्या गरेका छन्।

मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति ३५ वर्षीया श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए।

श्रीमतीको हत्या गरी फरार भएका उनलाई शनिवार बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पाठकले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell