PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

स्याउ 'अनलोड' गरिरहेको अवस्थामा मोरङबाट पाँचवटा भारतीय नम्बरका कन्टेनर प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

स्याउ 'अनलोड' गरिरहेको अवस्थामा मोरङबाट पाँचवटा भारतीय नम्बरका कन्टेनर प्रहरी नियन्त्रणमा

काठमाडौं : जिल्ला प्रहरी कार्यालय मोरङले स्याउन अन लोड गरिरहेको अवस्थामा पाँच वटा भारतीय नम्बरका कन्टेनरहरू नियन्त्रणमा लिएको छ।

शुक्रबार राति विराटनगर महानगरपालिका वडा नम्बर १३ स्थित भन्सार प्रज्ञापन पत्र र भिसिटिएस नभएका पाँच वटा भारतीय कन्टेनरलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटिई गई चेक गर्दा भन्सार कागजात देखाउन नसकेको र तोकिएको स्थान भन्दा अन्यत्र शङ्कास्पद तरिकाले स्याउहरू नेपाली मिनी ट्रकमा पल्टी गरेको अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ।

स्याउसहित पाँच वटा भारतीय कन्टेनर र ३ वटा नेपाली मिनी ट्रक सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell