PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

स्रोत नखुलेको रकम सहित झापामा एक पुरुष समातिए



पहिलोपोस्ट

स्रोत नखुलेको रकम सहित झापामा एक पुरुष समातिए

काठमाडौः झापाबाट प्रहरी एक जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको छ।     

झापा गाउँपालिका वडा नम्बर १ लसुना भन्सारस्थित कुमुरखोद झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउदैं गरेको पुरुषलाई स्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिएको हो।

झापा गाउँपालिका वडा नम्बर १ लसुना बस्ने वर्ष ५४ को तेज बहादुर गणेशलाई नियन्त्रण लिएको हो। शङ्का लागेर चेक गर्दा गणेशले बोकेको प्लास्टिकको २ वटा झोलामा प्याक गरी प्लास्टिकको बोरामा राखी ल्याउदैं गरेको तेह्र लाख साठी हजार रुपैयाँ बरामद गरेको छ।

श्रोत नखुलेको नेपाली रुपैयाँ फेला परेकोले नियन्त्रणमा लिई आबश्यक कारबाही लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell