PahiloPost

Jan 27, 2026 | १४ माघ २०८२

एमालेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल हुँदै



पहिलोपोस्ट

एमालेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल हुँदै

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित मुख्यालयमा बस्दैछ। शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी छ।

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गरिँदैछ। हिजो दश समूह विभाजित केन्द्रीय सदस्यले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गरेर आज सुझाव दिइनेछ।

समूहगत छलफलका लागि प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेशसहित सम्पर्क समन्वय, उपत्यका विशेष, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, जनसंगठन तथा प्रवास र केन्द्रीय विभाग छुट्टाइएको छ। समूहगत छलफलपछि आएको सुझावको आधारमा आजै अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित गरेर बैठक सकिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell