PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

७३ दिनका लागि भारतका प्रधानन्यायाधीश बने उदय ललित



पहिलोपोस्ट

७३ दिनका लागि भारतका प्रधानन्यायाधीश बने  उदय ललित

भारतको सर्वोच्च अदालतको प्रधानन्यायाधीशका रुपमा उदय ललितले सपथ लिएका छन्। आज भारतका राष्ट्रपति द्रौपदी मुर्मूले उनलाई सपथ दिलाएकी हुन्।

भारतको ४९ औं प्रधानन्यायाधीश बनेका ललितको कार्यकाल यही वर्षको नोभेम्बर ८ सम्म हुनेछ। अर्थात उनले ७३ दिन भारतको प्रधानन्यायाधीशको भूमिका निर्वाह गर्नेछन्। त्यसपछि उमेर हदका कारण उनले अवकाश पाउनेछन्। ललित सन् २०१४ को अगस्त १३ मा सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त भएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell