PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

'छड्के २' मा अनमोलको ग्याङ्स्टर लुक



पहिलोपोस्ट

'छड्के २' मा अनमोलको ग्याङ्स्टर लुक

काठमाडौं : अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’ को छायाङ्कन अहिले चितवनका भइरहेको छ। यसैबिच, निर्माण टिमले अनमोलको फर्स्ट लुक सार्वजनिक गरेको छ।

सार्वजनिक पोस्टरमा अनमोलको ग्याङस्टर लुक देख्न सकिन्छ। रगत लतपत्तिएको तरबार समातेका अनमोलको मुखमा चुरोट छ। उनको शरीर भरी ट्याटु खोपिएको छ। अनमोल पोस्टरमा आक्रमक रुपमा देखिएका छन्।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा रहेको फिल्ममा अनमोलका साथै रोविन तामाङ, कमलमणि नेपाल मुख्य भूमिकामा छन्। अन्य कलाकार भने निर्माण पक्षले सार्वजनिक गरेको छैन।

काभ्रे फिल्म्सको व्यानरमा निर्माण हुने फिल्ममा मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य रहेको छ। निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका छन्। ६० दिनको छायाङ्कन सेड्युल रहेको फिल्म चितवनसँगै मुस्ताङमा पनि खिचिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell