
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले आज खुलामञ्चमा उपत्यका भेलाको आयोजना गरेको छ। चुनावी तथा सांगठनिक अभियानलाई निरन्तरता दिँदै पार्टीले आज खुलामञ्चमा उपत्यका भेलाको आयोजना गरेको हो।
काठमाडौं, ललितपुर र भक्तपुरलक्षित उक्त भेलामा पार्टीका सभापति रवि लामिछानेलगायतका नेताहरु उपस्थित थिए भने मानिसहरुको पनि उल्लेख्य सहभागिता थियो। भेलामा पार्टी सदस्य लिन चाहनेहरुका लागि व्यवस्था समेत गरिएको थियो।