PahiloPost

Jan 27, 2026 | १४ माघ २०८२

'पछाडि ‘बा’ भएकालाई बिदा गरौं अब अगाडि ‘बा’ भएका डोजर लिएर उत्रिसके'



पहिलोपोस्ट

'पछाडि ‘बा’ भएकालाई बिदा गरौं अब अगाडि ‘बा’ भएका डोजर लिएर उत्रिसके'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछाडि 'बा' भएका नेताहरुलाई स-सम्मान बिदा गर्नुपर्ने बताएका छन्।

आज खुल्लामञ्चमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै राजनीतिबाट स-सम्मान बिदा गर्नुपर्ने बताएका हुन्। त्यस्तै, काठमाडौंका मेयर बालेन शाह डोजर लिएर निस्किएको भन्दै उनलाई स्वागत गर्नुपर्ने भएका छन्। उनले बालेनको कदमलाई हिन्दी चलचित्र 'नायक' प्रति इंकित गर्दै चलचित्रमा खलनायक राजनीतिक पात्रको भूमिकामा रहेका अमरिस पुरीजस्ता केही व्यक्ति कानुनको छिद्रा देखाएर बाहिर निस्किएको बताए।

त्यस्तै, उनले अबको निर्वाचनमा लाज पचेका नकचराहरुलाई हटाउनुपर्ने बताएका छन्। टेलिभिजन कार्यक्रमा बोलेको ‘लाच पचेका नकचराहरुलाई टुडिखेलमा राखेर…. म छ’ भन्ने कुरालाई टिप्पणी गर्दै उनले अबको निर्वाचनमा यस्ता मानिसलाई हटाउनुपर्ने बताएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell