PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ओलीको राजनीतिक प्रतिवेदन पारित, 'निर्वाचनमा जित्न सक्नेलाई टिकट, समानुपातिकमा पहिलाकालाई दोहोरिन रोक'



प्रकाश भण्डारी

ओलीको राजनीतिक प्रतिवेदन पारित, 'निर्वाचनमा जित्न सक्नेलाई टिकट, समानुपातिकमा पहिलाकालाई दोहोरिन रोक'

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ।

शुक्रवार ओलीले प्रतिवेदन पेस गरेका थिए। त्यसपछि दश समूह विभाजित केन्द्रीय सदस्यहरुले राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गरेका थिए।

आज समूहगत छलफलका लागि प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेशसहित सम्पर्क समन्वय, उपत्यका विशेष, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, जनसंगठन तथा प्रवास र केन्द्रीय विभाग छुट्टाइएको थियो।

बैठकले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेद्वारका लागि निर्वाचन क्षेत्रको आधारमा जिल्ला कमिटीले सिफारिस गर्ने निर्णय गरेको छ। यस्तै, केन्द्रले प्रत्यक्ष र समानुपातिक प्रणालीमा उम्मेदवार बन्न आएको नाममा पुन:विचार गर्न सक्ने समेत निर्णय गेको छ।

बैठक यसरी नाम सिफारिस भदौ २२ गते सम्म गरिसक्न भनेको छ।

बैठकको निर्णयको बारेमा जानकारी दिँदै प्रवक्ता पृथ्वीसुब्बा गुरुङले परजितहरुलाई उम्मेदवार बनाउन नहुने बताए।

'दामासायी वितरण भनेको समानुपातिक हो। समानुपातिकमा पहिलाकालाई दोहोर्‍याउन हुन्न। पराजित उम्मेदवारलाई फेरि उम्मेदवार बनाइनु हुन्न। प्रत्यक्षमा लोकप्रियतालाई पनि ख्याल गरिन्छ। जित्ने सम्भावना बढी भएकालाई उम्मेदवार बनाइने,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell