PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

रसियाले ईयूआबद्ध देश हंगेरीमा दुई आणविक भट्टी बनाउने



पहिलोपोस्ट

रसियाले ईयूआबद्ध देश हंगेरीमा दुई आणविक भट्टी बनाउने
Photo: GETTY IMAGES

रसियाको आणविक उर्जा कम्पनी ‘रोसाटोम’ले केही हप्तामा हंगेरीमा दुई नयाँ आणविक भट्टीहरूको निर्माण थाल्ने हंगेरीका विदेशमन्त्रीले बताएका छन्

सन् २०१४ मा भएको रसिया र युरोपेली युनियन (ईयू)मा आबद्ध हंगेरीबिचको यो सम्झौताले विद्यमान ‘पाक आणविक प्लान्ट’लाई विस्तार गर्ने लक्ष्य राखेको छ।

युक्रेनमा रसियाको रक्तपातपूर्ण आक्रमणपछि ईयूले लगाएको प्रतिबन्धहरूको अधीनमा रसियाको आणविक उद्योग परेको छैन।

‘पाक आणविक प्लान्ट’बाट हाल हंगेरीको बिजुली आपूर्तिको ४० प्रतिशत उत्पादन हुने गरेको छ।

‘निर्माण सुरु गरौँ!’ विदेशमन्त्री पिटर सिज्जार्टोले फेसबुक पोस्टमा भनेका छन्।

दुई भट्टीहरू थपिएपछि चार सोभियत-निर्मित भट्टीहरू रहेको हालको आणविक पावर स्टेशनको क्षमता दोब्बर भन्दा बढी हुने बताइएको छ।

‘यो एक ठूलो कदम हो, एक महत्त्वपूर्ण कोसेढुंगा हो,’ मन्त्री सिज्जार्टोले भने, ‘यस तवरले हामी दीर्घकालीन रूपमा हंगेरीको ऊर्जा सुरक्षा सुनिश्चित गर्नेछौँ र हंगेरियनहरूलाई ऊर्जाको मूल्यमा हुने उतारचढावबाट जोगाउनेछौँ।’

सन् २०३० सम्ममा आणविक भट्टीहरू सञ्चालनका लागि तयार हुने उनले बताए।

विवादास्पद १२.४ बिलियन डलरको उक्त परियोजनामा मुख्यतया रसियाको लगानी रहेको छ।

युक्रेनमा रसियाको आक्रमणपछि धेरै ईयूआबद्ध देशहरूले ऊर्जा आपूर्तिको रसियाली निर्भरतालाई कम गर्ने प्रयास गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell