PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

खुलामञ्चमा यस्तो देखियो रवि लामिछानेको क्रेज

खुलामञ्चमा यस्तो देखियो रवि लामिछानेको क्रेज

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले आज खुलामञ्चमा उपत्यका भेलाको आयोजना गर्‍यो। चुनावी तथा सांगठनिक अभियानलाई निरन्तरता दिँदै पार्टीले आज खुलामञ्चमा उपत्यका भेलाको आयोजना गरेको हो।

काठमाडौं, ललितपुर र भक्तपुरलक्षित उक्त भेलामा पार्टीका सभापति रवि लामिछानेलगायतका नेताहरु उपस्थित थिए। लामिछानेको भाषण सुन्न मानिसहरुको पनि उल्लेख्य सहभागिता थियो।

लामिछानेले आफ्नो भाषण सुरु गरेपछि दर्शकमा रहेका मानिसहरु उत्साहित भए। भाषणको बिचबिचमा ताली पिटेर र हुटिङ गरेर दर्शकहरुले उनको समर्थन गरेका थिए।

केही भने उनको फोटो खिच्न र भिडियो बनाउन व्यस्त देखिन्थे। दर्शकहरुलाई सम्हाल्न स्वयंसेवकहरुलाई हम्मेहम्मे परेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell