PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

ओलीलाई प्रधानमन्त्रीमा अघि सारेर चुनावमा जाने एमालेको निर्णय



पहिलोपोस्ट

ओलीलाई प्रधानमन्त्रीमा अघि सारेर चुनावमा जाने एमालेको निर्णय
फोटो : ओलीको सचिवालय

काठमाडौं:  नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने भएको छ। पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको भदौ १० र ११ गतेको बैठकले पार्टीलाई बहुमत ल्याउनेगरि चुनावको तयारी गर्ने र प्रधानमन्त्रीमा ओलीलाई प्रस्ताव गर्ने निर्णय गरेको हो। 

एमालेले चुनावको तयारीका लागि भन्दै केन्द्रीय कमिटीको बैठक बोलाएका थियो। विभिन्न ११ एजेण्डामाथि छलफल भएको बैठकमा चुनावमा उम्मेदवारको मापदण्ड पनि तय भएको छ। समानुपातिकमा अहिलेका सांसदलाई नदोहोर्‍याउने र अन्तिम निर्णय गर्ने अधिकार सचिवालयलाई दिने निर्णय पनि बैठकले गरेको छ। 

'पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको उम्मेदवारी पार्टीले निर्धारण गरेको मापदण्ड पूरा भई प्रचलित निर्वाचन कानुनबमोजिम योग्य उम्मेदवारहरूको चयन गरी औपचारिक मनोनयन बन्दसूचीको निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीको तर्फबाट पार्टीको केन्द्रीय सचिवालयलाई दिने निर्णय गरियो,' एमालेको निर्णयमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell