PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

भदौ १२ देखि मतदाता नामावली अद्याविधक, यस्तो छ तालिका



पहिलोपोस्ट

भदौ १२ देखि मतदाता नामावली अद्याविधक, यस्तो छ तालिका

काठमाडौंः निर्वाचन आयोगले भदौ १२ गतेदेखि मतदाता नामावली अद्याविधक गर्ने भएको छ। प्रदेश र प्रतिनिध सभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले नामावली अद्याविधक गर्न लागेको हो।

कार्यक्रम अन्तर्गत भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा नामावली प्रकाशन हुनेछ। नामावली प्रकाशनपछि त्रुटि भएमा सच्याउन, प्रकाशित विवरणमा विरोधको उजुरी मिल्नेछ। यस्तै एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा मात्र नाम कायम राख्न भदौ १३ देखि १४ गतेसम्म सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिनेछ।

मृत्यु भएका तथा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउन भदौ १३ देखि १६ गतेसम्मको समय तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell