PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

एमालेका केन्द्रीय सदस्यलाई ओलीको रात्रिभोज, हार्मोनियम र गिटार बजाएर स्वागत



पहिलोपोस्ट

एमालेका केन्द्रीय सदस्यलाई ओलीको रात्रिभोज, हार्मोनियम र गिटार बजाएर स्वागत

काठमाडौंः नेकपा (एमाले) का केन्द्रीय सदस्यहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले रात्रिभोज आयोजना गरेका छन्। शुक्रबार र शनिबार बसेको जारी केन्द्रीय कमिटी बैठक सकिएपछि ओलीले केन्द्रीय सदस्यका लागि रात्रिभोज आयोजना गरेका हुन्। निर्वाचनको तयारीका सिलसिलामा एमाले केन्द्रीय कमिटी बसेको थियो।

ओलीले बानेश्वरस्थित होटल एभरेस्टमा भोज आयोजना गरेका हुन्। सहभागीलाई ओलीले हार्मोनियम र गिटार बजाएर स्वागत गरे।  

एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाका अनुसार ओलीले हार्मोनियम र गिटार बजाएर स्वागत कार्यक्रमको सुरुवात गरेका हुन्। हरितालिका तीजका अवसरमा केन्द्रीय सदस्यलाई उक्त कार्यक्रम राखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell