PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनमाथि संघर्षपूर्ण जित निकालेको छ। सेन्ट म्यारी स्टेडियममा सम्पन्न खेलमा युनाइटेडले घरेलु टोली साउथह्याम्पटनमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेजले निर्णयक गोल गरे। उनले खेलको ५५ औं मिनेटमा डिओगो डालोटको पासमा गोल गरेका थिए।

सुरुवाती दुई खेलमा पराजय ब्यहोर्दै लिगमा खराब सुरुवात गरेको युनाइटेडले पछिल्ला दुई खेलमा लगातार जित निकालेको हो। यसअघिको खेलमा युनाइटेडले लिभरपुललाई हराएको थियो। यो सँगै युनाइटेड ६ अंक जोडेर अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ भने साउथह्याम्टन ४ अंक जोडेर तालिकाको १३ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell