PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

नवराज लम्सालको ‘अग्नि’लाई मदन पुरस्कार, श्रेष्ठलाई जगदम्बाश्रीको उपाधि 



पहिलोपोस्ट

नवराज लम्सालको ‘अग्नि’लाई मदन पुरस्कार, श्रेष्ठलाई जगदम्बाश्रीको उपाधि 

काठमाडौंः मदन पुरस्कार गुठीले २०७८ सालको मदन पुरस्कार नवराज लम्सालको कृति अग्निलाई दिने निर्णय गरेको छ। छनोटमा परेका आठमध्ये लम्सालको पुस्तक अग्निलाई पुरस्कृत गर्ने निर्णय भएको अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

यस्तै, गुठीले २०७८ को जगदम्बाश्रीको उपाधिबाट दुर्गाप्रसाद श्रेष्ठलाई सम्मानित गर्ने निर्णय गरेको छ। 

मदन पुरस्कारका लागि लम्सालको अग्निसँगै दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास, वसन्त बस्नेतको महाभारा, दीपा राईको यादको सन्दूक, नयनाथ पौडेलको लिच्छवि लिपि, नीलमणि ढुङ्गानाको व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोष, सुजित मैनालीको सती र पद्यमसुन्दर जोशीको हिति प्रणाली छनोट भएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell