नेकपा एमालेका केन्द्रीय सदस्यहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले रात्रिभोज दिएका छन्। तीजको अवसरमा ओलीले बानेश्वरस्थित होटल एभरेस्टमा भोज आयोजना गरेका हुन्। सहभागीलाई ओलीले हार्मोनियम र गिटार बजाएर स्वागत गरेका थिए।
शुक्रबार र शनिबार बसेको जारी केन्द्रीय कमिटी बैठक सकिएपछि ओलीले केन्द्रीय सदस्यका लागि रात्रिभोज आयोजना गरेका हुन्। निर्वाचनको तयारीका सिलसिलामा एमाले केन्द्रीय कमिटी बसेको थियो।
तस्विरहरुः ओलीको सचिवालय