
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लिभरपुलले बर्नेमाउथमाथि फराकिलो जित निकालेको छ। एनफिल्डमा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले बर्नेमाउथमाथि ९-० गोलको फराकिलो जित निकालेको हो।
लिभरपुलको जितमा लुइस डियाज र रोबेर्टो फर्मिन्होले दोहोरो गोल गर्दा हार्वे इलियट, ट्रेन्ट अलेक्जेन्डर आर्नोल्ड, भर्जिल भान डाइक र फ्याबियो कार्भालोले समान १ गोल गरे। त्यस्तै बर्नेमाउथका क्रिस मेफमले आत्मघाती गोल गरे। पहिलो हाफमा पाँच गोल गरेको लिभरपुलले दोस्रो हाफमा चार गोल गरेको थियो।
फराकिलो जितसँगै ४ खेलबाट पाँच अंक जोडेको लिभरपुर ९ औं स्थानमा उक्लिएको यो। जारी सिजन लिभरपुलको यो पहिलो जित हो। सुरुवाती दुई खेलमा बराबरी खेलेको टोलीले यसअघिको खेलमा म्यानचेस्टर युनाइटेडसँग पराजय ब्यहोरेको थियो। बर्नेमाउथ भने ४ खेलबाट ३ अंक जोडेर १६ औं स्थानमा छ।