PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

हल्याण्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको पुनरागमन जित



पहिलोपोस्ट

हल्याण्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको पुनरागमन जित
Photo: Premier League

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि उत्कृष्ट पुनरागमन जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा पहिलो हाफमा दुई गोलले पछि परेको सिटीले दोस्र हाफमा पुनरागमन गर्दै ४-२ गोलको जित निकालेको हो।

सिटीको जितमा अर्लिङ हल्याण्डले ह्याट्रिक गर्दा बर्नान्डो सिल्भाले एक गोल गरे। खेलको चौथो मिनेटमै जोन स्टोन्सको आत्मघाती गोलमा प्यालेसले अग्रता बनाएको थियो। त्यस्तै २१ औं मिनेटमा जोआसिम एन्डरसनले गोल थप्दा पहिलो हाफमा प्यालेस दुई गोलले अघि रह्यो।

दोस्रो हाफमा बर्नान्डो सिल्भाले रोड्रीको पासमा सिटीका लागि गोल फर्काउँदै खाता खोले। उनले ५३ औं मिनेटमा गोल गरेकोमा हल्याण्डले त्यसको ९ मिनेटमा फिल फोडेनको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए। तर, हल्याण्ड यतिमै रोकिएनन्। उनले ७० औं मिनेटमा जोन स्टोन्स र ८१ औं मिनेटमा इल्के गुण्डोगनको पासमा गोल गर्दै ह्याट्रिक पुरा गरे।

जितसँगै सिटीले ४ खेलबाट १० अंक जोडेको छ। ४ खेलबाट ४ अंक जोडेको क्रिस्टल प्यालेस तालिकाको १३ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell