इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीमाथि जित निकालेको छ। स्टामफोर्डब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले लेस्टर सिटीमाथि २-१ गोलअन्तरको पुनरागमन जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको २८ औं मिनेटमा चेल्सीका कोनोर गल्लाघेर रातो कार्ड खाँदै बाहिरिएका थिए। १० खेलाडीमा सीमित चेल्सीलाई खेलको रहिम स्ट्रलिङले ४७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यस्तै ६३ औं मिनेटमा स्ट्रलिङले नै रीस जेम्सको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। यता लेस्टरसिटीका हार्वे बार्नेसले ६६ औं मिनेटमा गोल फर्काए पनि खेलमा फर्कन त्यो पर्याप्त हुन सकेन।
जितसँगै ४ खेलबाट ७ अंक जोडेको चेल्सी अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ भने समान खेलबाट १ अंक जोडेको लेस्टरसिटी तालिकाको १९ औं स्थानमा छ।