PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

अपराजित आर्सनल शीर्षस्थानमा



पहिलोपोस्ट

अपराजित आर्सनल शीर्षस्थानमा
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले फुलहममाथि जित निकालेको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली आर्सनलले फुलहममाथि २-१ गोलको जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा फुलहमले अग्रता बनाएको थियो। खेलको ५६ औं मिनेटमा अलेक्जेन्डर मिट्रोभिचले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। तर, ६४ औं मिनेटमा घरेलु टोलीका लागि मार्टिन ओडेगार्डले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले खेलको ६४ औं मिनेटमा बुकायो साकाको पासमा गोल गरे। त्यस्तै खेलको ८५ औं मिनेटमा आर्सनलका गाब्रियल मागलहाएसले विलियम सालिबाको पासमा गोल गर्दै जित सुनिश्चित गराए।

योसँगै जारी सिजनका सबै चारवटा खेलमा जित निकाल्दै आर्सनल १२ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। ४ खेलबाट पाँच अंक जोडेको फुलहम भने तालिकाको ११ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell