PahiloPost

Mar 25, 2026 | ११ चैत्र २०८२

लिबियाको त्रिपोलीमा दोहोरो भिडन्त, २३ जनाको मृत्यु



पहिलोपोस्ट

लिबियाको त्रिपोलीमा दोहोरो भिडन्त, २३ जनाको मृत्यु
फोटो : Getty Images

लिबियाको राजधानी त्रिपोलीमा विद्रोही समूह र सरकारी समूहबीच भिडन्त हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ। दुई पक्षीय गोली हानाहान हुँदा १४० जना मानिसहरु घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ।

शनिवार राति भएको उक्त घटनाले सहरमा कोलाहल मच्चिएको थियो। ठुलो ठुलो आवाजमा बन्दुक पड्केको आवाज सुनिएको थियो। दुई पक्षीय भिडन्तमा परी केही घरमा क्षति पुग्नुका साथै केही कारहरुसमेत जलेका छन्। घटनामा परी त्यहाँका हास्य कलाकार मुस्ताफा बराकाकोसमेत ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संयुक्त राष्ट्रसंघले तत्काल युद्धविराम गर्न दुबै पक्षलाई आह्वान गरेको छ। सन् २०१४ यता लिबियामा यसप्रकारका घटना दोहोरिन थालेका छन्। सन २०११ मा नाटो सेनाले लिबिया छाडेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell