PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

विराटनगरबाट खानेतेल बोकेर आएको ट्रक धादिङमा दुर्घटना



पहिलोपोस्ट

विराटनगरबाट खानेतेल बोकेर आएको ट्रक धादिङमा दुर्घटना

मलेखुः विराटनगरबाट खानेतेल लिएर काठमाडौँ आउदै गरेको ना ५ ख ५९५५ नम्बर को ट्रक आज विहान पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा दुर्घटना भएको छ।

सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा  ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो। इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालको नेतृत्वको प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोली सहित स्थानीयवासीले तत्काल आगो नियन्त्रणमा लिएका थिए।

प्रनाउ रिमाललले भने,“प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा समयमै आगो नियन्त्रण गर्न सकिएकाले मानवीय क्षति हुनबाट जोगियो।” दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell