PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

पाकिस्तानमा बाढी : राहतका लागि सरकारले माग्यो अन्तर्राष्ट्रिय समुदायसँग सहयोग



पहिलोपोस्ट

पाकिस्तानमा बाढी : राहतका लागि सरकारले माग्यो अन्तर्राष्ट्रिय समुदायसँग सहयोग
Photo : CNN

पाकिस्तानमा बाढीका कारण जनजीवन प्रभावित भएको छ। जुन महिनादेखि हालसम्म बाढीका कारण १ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने लाखौं विस्थापित भएका छन्।

 पछिल्लो समय पाकिस्तानमा बाढी जाने क्रम बढ्दो छ। बाढीले नदी किनारका रहेका ठूलठूला भवन बगाएको छ।

पाकिस्तान सरकारले बाढी पहिरोका कारण भएको क्षतिमा जनतालाई राहत दिन प्रयास गरिरहेको जनाएको छ। तर, बाढीको क्षति बढ्दै जाँदा सरकारले सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई पनि आग्रह गरेको छ।

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफका अनुसार बाढीका कारण ३ करोड ३० लाख मानिस प्रभावित भएका छन्। यो भनेको पाकिस्तानको कूल जनसंख्याको १५ प्रतिशत हो।

अधिकारीहरुले जलवायु परिवर्तनका कारण अहिलेको परिस्थिति सिर्जना भएको बताएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell