PahiloPost

Jan 27, 2026 | १४ माघ २०८२

प्रहरीको बाक्लो उपस्थितिमा फोहोर बोकेका १ सय ५० भन्दा बढी ट्रक बञ्चरेडाँडामा



पहिलोपोस्ट

प्रहरीको बाक्लो उपस्थितिमा फोहोर बोकेका १ सय ५० भन्दा बढी ट्रक बञ्चरेडाँडामा

काठमाडौं : काठमाडौंका विभिन्न स्थानबाट सङ्कलन गरिएको फोहोर आज बञ्चरेडाँडा लगिएको छ।

बिहानैदेखि १ सय भन्दा बढी फोहोर बोकेका ट्रक बञ्चरेडाँडा पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए।

'अघि नै १ सय ५० वटा ट्रक फोहोर बोकेर आइसकेका छन्', एसपी मैनालीले भने।

अहिले स्थानीयले त्यहाँ कुनै पनि विरोध गरेका छैनन्। केही समय अगाडि बञ्चरेडाँडामा फोहोर खसाउन स्थानीयले रोकेपछि प्रहरी परिचालन गरिएको थियो।

स्थानीयले फोहोर लग्न सडक अवरुद्ध गरेपछि प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर बोकेको गाडी लगिँदै छ। अहिले पनि बञ्चरेडाँडामा काठमाडौंबाट एसपी मैनालीको नेतृत्वमा टोली बञ्चरेडाँडामा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell