PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

१४ वर्षीय छोराले चिर्पट प्रहार गर्दा ४५ वर्षीय बुवाको मृत्यु, छोरा प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

१४ वर्षीय छोराले चिर्पट प्रहार गर्दा ४५ वर्षीय बुवाको मृत्यु, छोरा प्रहरी नियन्त्रणमा

बुटवल : पाल्पामा छोराले बुवाको हत्या गरेका छन्। माथागढी गाउँपालिका-४ नेटाका १४ वर्षीय किशोरले चिर्पट प्रहार गरी ४५ वर्षीय तिलबहादुर दिशाको हत्या गरेका हुन्।

घरमा सामान्य झगडा भएपछि शनिवार राति ८ बजे छोराले तिलबहादुरलाई चिर्पटले टाउकोमा प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

घटनाबारे आइतवार बिहान जानकारी पाएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो। तिलबहादुरका छोरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको प्रवक्ता थापाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell