PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

चुनाव परिचालनका लागि एमालेले गठन गर्‍यो सचिवालय, विष्णु रिमाल सचिव चयन



पहिलोपोस्ट

चुनाव परिचालनका लागि एमालेले गठन गर्‍यो सचिवालय, विष्णु रिमाल सचिव चयन

काठमाडौं : नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमाल निर्वाचन परिचालन कमिटीको सचिवलायको सचिवमा चयन भएका छन्। आइतवार पार्टी कार्यालय च्यासलमा बसेको अध्यक्ष केपी शर्मा ओली नेतृत्वको चुनाव परिचालन कमिटीले ३४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको हो।

उक्त सचिवालयको सचिवमा रिमाल चयन भएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। अध्यक्ष ओली नेतृत्वको चुनाव परिचालन कमिटी ४ सय ५१ सदस्यीय छ।

शुक्रवार र शनिवार एमालेको केन्द्रीय कमिटीको बैठक बसेको थियो। उक्त बैठकले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार छान्ने मापदण्ड, सिफारिस प्रक्रिया लगायतका निर्णय गरेको थियो।

एमालेले चुनावको रणनीति बनाउन सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी हुँदै आइतवार निर्वाचन परिचालन कमिटीको बैठक बसेको हो। एमालेले चुनावको घोषणा पत्र बनाउन मस्यौदा समिति र चुनाव परिचालन कमिटीको नेतृत्व ओ‌लीलाई दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell