PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

गठबन्धन आजको आवश्यकता हो : शेखर कोइराला



पहिलोपोस्ट

गठबन्धन आजको आवश्यकता हो : शेखर कोइराला

मोरङः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन्।

नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ मा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता कोइरालाले कांगेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पारे। नेता डा कोइरालाले आगामी सङ्घीय निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन दलसँग कम्तीमा पनि एक सय सिटमा सहमति गर्नुपर्ने पनि बताए।

उनले  कांग्रेस २०७४ को निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभामा विजयी भएका स्थान आफूले राख्नुपर्नेमा जोड दिँदै ७७ जिल्लामा सङ्घीय संसद् वा प्रदेशसभामा प्रतिनिधित्व हुनु आवश्यक रहेको धारणा राखे। नेता डा कोइरालाले पार्टी र सरकारमा सुशासन र पारदर्शीता हुनुपर्ने भन्दै जनताप्रति उत्तरदायी भएर जनताको काम छिटो गर्न पनि सुझाव दिएका थिए। उनले जनतासँग जोडिने कार्य पार्टी र सरकारले गर्नुपर्ने भन्दै कांग्रेसले आगामी निर्वाचनबाट मुलुकमा दण्डहिनताको अन्त्य चाहेको धारणा राखे



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell