PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

अर्जुन साउदले राष्ट्रिय टिममा गरे डेब्यू



पहिलोपोस्ट

अर्जुन साउदले राष्ट्रिय टिममा गरे डेब्यू

कैलाली : विकेट किपर ब्याट्सम्यान अर्जुन साउदले नेपाली राष्ट्रिय क्रिकेट टिममा डेब्यू गरेका छन्। पाँचवटा टी-२० तथा तीनवटा एक दिवसीय सिरिजका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि आइतवारको खेलबाट अर्जुनले डेब्यू गरेका हुन्।

उनले यसअघि उमेर समूहबाट एसिया कप खेलेका छन्। राष्ट्रिय टिमका लागि भने आइतवारको खेल नै उनको पहिलो हो।

अर्जुनले प्रधानमन्त्री कप तथा अन्य घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि राष्ट्रिय टिममा पर्न सफल भएका हुन्। नेपालले आइतवार आफ्नो तेस्रो टी-२० खेलिरहेको छ। तेस्रो खेलमा केन्याले टस जितेर ब्याटिङ रोजेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell