PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

कपिलवस्तुमा टिपर र हाइस ठोक्किँदा १६ जना घाइते, ४ जनाको अवस्था गम्भीर



पहिलोपोस्ट

कपिलवस्तुमा टिपर र हाइस ठोक्किँदा १६ जना घाइते, ४ जनाको अवस्था गम्भीर

बुटवल : कपिलवस्तुमा टिपर र हाइस ठोक्किँदा १६ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ।

आइतवार दिउसो गोरुसिंगे-तौलिहवा सडकखण्ड अन्तर्गतको जंगलमा हाइस र टिपर एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी प्रेम बस्नेतले जानकारी दिए।

दाङको तुलसीपुरबाट तौलिहवा हुँदै काठमाडौं जाँदै गरेको बा ३ ख ६६६० नम्बरको हाइस र तौलिहवाबाट गोरुसिंगे तर्फ जाँदै गरेको ना ८ ख ६६९७ नम्बरको टिपर एक आपसमा ठोक्किएका हुन्। हाइस चालकसहित हाइसमा सवार ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारको लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको एसपी बस्नेतले बताए।

अन्य घाइतेहरुको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरुको हात, खुट्टा र शरिरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell