PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

राष्ट्रिय फुटबल टोलीको म्यानेजरमा अनिल श्रेष्ठ नियुक्त



पहिलोपोस्ट

राष्ट्रिय फुटबल टोलीको म्यानेजरमा अनिल श्रेष्ठ नियुक्त
Photo: ANFA

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीको म्यानेजरमा अनिल श्रेष्ठ नियुक्त भएका छन्। एन्फा महासचिव किरण राईले उनलाई स्वागत गर्दै नियुक्ति पत्र दिए।

श्रेष्ठले यसअघि शहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन मछिन्द्र क्लबको म्यानेजरको जिम्मेवारी सम्हालिसकेका छन्। उनी उक्त क्लबका उपाध्यक्ष पनि हुन्।

उनले राष्ट्रिय टोलीमा पाएको दायित्वबाट खुशी भएको बताएका छन्। 'मैले यसअघि पनि म्यानेजरको भुमिकामा काम गरेको छु, तर क्लब स्तरमा। राष्ट्रिय टोलीको म्यानेजर भनेको अर्को स्तरको कुरा भयो। मलाई थाह छ यो चुनौती पूर्ण हुनेछ तर म आफूले गर्न सक्ने प्रयास गर्नेछु।' उनको भनाइलाई उदृत गर्दै एन्फाले भनेको छ।

उनले म्यानेजरको रुपमा पहिलो पटक बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा भूमिका निर्वाह गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell