PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

चलचित्र निर्माता संघको अध्यक्ष पदमा नवल खड्काको उम्मेदवारी घोषणा



पहिलोपोस्ट

चलचित्र निर्माता संघको अध्यक्ष पदमा नवल खड्काको उम्मेदवारी घोषणा

काठमाडौं : चलचित्र निर्माता संघको अध्यक्ष पदमा नवल खड्काले उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले आइतवार फेसबुकमार्फत घोषणापत्रसहित उम्मेदवारी दिने घोषणा गरेका हुन्।

खड्काले २९ बुँदे घोषणापत्रमा पेशागत हकहितदेखि सबै प्रदेशमा छायाङ्कन स्थल/स्टुडियो तथा चलचित्र प्रतिष्ठानको स्थापना गर्ने उल्लेख गरेका छन्। त्यसैगरि, नेपाली फिल्मको विदेशी विस्तारका लागि विभिन्न भाषामा डब गर्ने र विदेशमा रिलिज गर्ने वातावरण सिर्जना गर्नु उनको योजनाभित्र छ।

उनले विदेशी फिल्मले नेपाली संस्कृतिमा पारिरहेको नकरात्मक असरलाई रोक्न तिनीहरुको प्रदर्शनमा कर वृद्धि गर्ने एजेन्टा समेत राखेका छन्। नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारीकरणदेखि प्रदर्शन सहयोग गर्ने समेत उनले उल्लेख गरेका छन्।

विदेशी फिल्मले नेपाली संस्कृतिमा असर पारेको तर्क गर्दै उनले तिनीहरुको बजारलाई हतोत्साही गर्न कर वृद्धि गर्ने एजेन्डा पनि राखेका छन्।

खड्का चलचित्र कलाकार संघको अध्यक्ष पनि बनिसकेका छन्। खड्काको निर्माण र निर्देशनमा बनेको फिल्म काँडेतार रिलिज तयारीमा छ।

भदौ १८ गते संघको वार्षिक साधारणसभा तथा कार्यसमिति निर्वाचन हुँदैछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell