काठमाडौं: नेपाल र केन्याबीचको टी २० सिरिजको तेस्रो खेलमा घरेलु टोली केन्याले नेपाललाई १५७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। जिमखाना क्लब ग्राउण्डमा टस जितेर ब्याटिङमा उत्रिएको केन्याले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १५६ रन बनाएको हो।
केन्याका लागि राकेप पटेल र इर्फान करिमले अर्धशतकीय पारि खेल्दै केन्याको स्कोर बोर्डमा ठूलो स्कोर बनाउन सफल भए। ओपनर शुकदीप सिंहले ८ रन कोलिन ओबुयाले १४ रन बनाएका थिए। त्यसपछी आएका करिमले अविजित ५५ रन बनाउँदा पटेलले सर्वाधिक अविजित ७३ रन बनाए।
बलिङतर्फ नेपालका सोमपाल कामी र मोहम्मद आदिल आलमले समान १ विकेट लिए।
नेपाल केही बेरमा जवाफी ब्याटीङमा उत्रिँदै छ। यसअघिका सिरिजका खेलहरुमा पहिलो खेलमा नेपालले जित हात पारेको थियो भने दोस्रो खेलमा केन्या विजयी भएको थियो।