PahiloPost

Jul 24, 2025 | ९ साउन २०८२

केन्यामाथि नेपालको रोमाञ्चक जित, ज्ञानेन्द्र मल्ल चुके अर्धशतकबाट



पहिलोपोस्ट

केन्यामाथि नेपालको रोमाञ्चक जित, ज्ञानेन्द्र मल्ल चुके अर्धशतकबाट
फाइल फोटो: क्यान

काठमाडौं: नेपाली क्रिकेट टोली केन्यासँगको टी २० सिरिजको तेस्रो खेलमा जित निकालेको छ। जिमखाना स्टेडियममा आज सम्पन्न खेलमा नेपालले केन्यामाथि ४ विकेटको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको केन्याले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। जवाफी ब्याटीङमा उत्रिएको नेपालले ६ विकेट गुमाउँदै १९.३ ओभरमा लक्ष्य पुरा गर्‍यो।

सुरुवाती ब्याटिङ गरेको केन्याका लागि केन्याका लागि राकेप पटेल र इर्फान करिमले अर्धशतकीय पारि खेल्दै केन्याको स्कोर बोर्डमा ठूलो स्कोर बनाउन सफल भए। ओपनर शुकदीप सिंहले ८ रन कोलिन ओबुयाले १४ रन बनाएका थिए। त्यसपछी आएका करिमले अविजित ५५ रन बनाउँदा पटेलले सर्वाधिक अविजित ७३ रन बनाए।

बलिङतर्फ नेपालका सोमपाल कामी र मोहम्मद आदिल आलमले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि डेब्यु खेलमै ओपनर ब्याट्सम्यान अर्जुन साउदले ३४ रन बनाउँदा अर्का ओपनर पवन सर्राफले २० रन बनाए। त्यसपछि आएका ज्ञानेन्द्र मल्लले साउद, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र मोहम्मद आदिल आलमसँग साझेदारी गर्दै नेपालको स्कोर उकासे। उनले ४१ बलमा ४ चौका र १ छक्काको सहायतामा ४६ रन बनाउँदा अर्धशतकबाट भने चुके। त्यस्तै आक्रामक ब्याटिङ गरेका रोहितकुमार पौडेलले २९ र मोहम्मद आदिल आलमले १६ रन बनाए। त्यसविचमा दीपेन्द्रसिंह ऐरी भने खराब सट छनोट गर्दै ६ रन बनाएर पभेलियन फर्किएका थिए। एकपटक कमजोर अवस्थामा पुगेको समयमा १७ औं ओभरमा रोहित कुमार पौडेल र ज्ञानेन्द्र मल्लले २१ रन जोडेर नेपाललाई सहज जित तर्फ डोहोर्‍याएका थिए।

जितसँगै नेपालले ५ खेलको टी २० सिरिज २-१ को अग्रता बनाएको छ। यसअघि सिरिजको पहिलो खेलमा नेपालले जित निकालेको थियो भने दोस्रो खेलमा केन्या विजयी भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell