PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

एसिया कप: भारतले टस जित्यो, ब्याटिङमा उत्रने पाकिस्तानी खेलाडीले किन बाँध्दैछन् हातमा कालो पट्टी?



पहिलोपोस्ट

एसिया कप: भारतले टस जित्यो, ब्याटिङमा उत्रने पाकिस्तानी खेलाडीले किन बाँध्दैछन् हातमा कालो पट्टी?
Photo: PCB/Twitter

एसिया कप क्रिकेट अन्तर्गतको खेलमा भारतले टस जितेर पाकिस्तानलाई ब्याटिङको निम्ता दिएको छ। स्वतन्त्रभए यताकै सुमधुर सम्बन्धै कहिल्यै बनाउन नसकेका यी दुई टोलीबीचको प्रतिस्पर्धालाई चासोका रुपमा लिइने गरिन्छ।

आजको खेलमा पाकिस्तानी खेलाडी हातमा कालो पट्टी बाँधेर मैदान उत्रने बताइएको छ। पाकिस्तानको केही स्थानमा बाढीले बितण्डा मच्चाएको छ। बाढीकै कारण करिब १ हजार जनाको निधन भइसकेको छ। जसमा ३ करोड भन्दा बढी मानिस प्रभावित भएका छन्। देशभर बाढीका कारण प्रभावितका लागि एकजुटता र समर्थन जनाउनका लागि पाकिस्तानका सबै खेलाडीले कालो पट्टी बाँध्ने छन्।

भारतको प्लेइङ ११

रोहित शर्मा(कप्तान), केएल राहुल, बिराट कोहली, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, दिनेश कार्तिक, रबीन्द्र जडेजा, भुवनेश्वर कुमार, आवेश खान, युजवेन्द्र चहल, अर्षदीप सिंह

पाकिस्तानको प्लेइङ ११

बाबर आजम(कप्तान), मोहम्मद रिजवान, फकर जमान, इफ्तिकार अहमद, खुशदिल शाह, आशिफ अली, शादाब खान, मोहम्मद नवाज, नसीम शाह, हरिस रउफ, शाहनवाज दहानी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell