एसिया कप क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा भारतमाथि जित निकालेको छ। दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सम्पन्न खेलमा भारतले पाकिस्तानमाथि ५ विकेटको सानदार जित निकालेको हो। भारतलाई पाकिस्तानमाथि जित निकाल्न हार्दिक पाण्ड्याको प्रदर्शन महत्वपूर्ण रह्यो। उनले बलिङतर्फ ३ विकेट लिँदा ब्याटिङतर्फ अविजित ३३ रन बनाउँदै उत्कृष्ट फिनिसिङ गरेका थिए।
टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको थियो। जसका लागि मोहम्मद रिजवानले सर्वाधिक ४३ रन बनाउँदा इफ्तिकार अहमेदले २८, शहबाज दहनीले १६, हरिस रउफले अविजित १३ तथा बाबर आजम, फकर जमान र शाहब खानले १० रन बनाए।
बलिङतर्फ भारतका लागि भुवनेश्वर कुमारले सर्वाधिक ४ विकेट लिँदा हार्दिक पाण्ड्याले ३, अश्रदीप सिंहले २ तथा अवेश खानले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको भारतले १९.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। भारतका लागि बिराट कोहली र रबीन्द्र जडेजाले समान ३५ रन बनाउँदा हार्दिक पाण्ड्याले अविजित ३३ रन बनाए। ओपनर केएल राहुललाई शुन्य र कप्तान रोहित शर्मालाई भारतले १२ रनमा गुमाएको थियो। त्यस्तै सूर्यकुमार यादवले १८ रन जोडे।