PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

ह्यारी केनको दोहोरो गोलमा टोटेनहमको जित



पहिलोपोस्ट

ह्यारी केनको दोहोरो गोलमा टोटेनहमको जित
Photo: Premier League/Twitter

हारी केनको दोहोरो गोलमा टोटेनहम हटस्परले नटिङ्घम फरेस्टमाथि जित निकालेको छ। इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहमले फरेस्टमाथि २-० गोलको जित निकालेको हो।

सिटी ग्राउण्डमा सम्पन्न खेलमा घरेलु टोलीविरुद्ध केनले पाँचौ मिनेटमा नै डेजन कुलुसेभ्स्कीको पासमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुमै पाएको पेनाल्टीको अवसरमा भने केन चुकेका थिए। यद्यपि ८१ औं मिनेटमा केनले नै ८२ औं मिनेटमा रिचार्लिसनको पासमा गोल गर्दै टोटेनहमको जित सुनिश्चित गरका थिए।

जितसँगै अंकतालिकामा ४ खेलबाट १० अंक जोडेको टोटेनहम तेस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको आर्सनलले १० अंक जोडेको छ भने त्यसपछि रहेका म्यानचेस्टर सिटी, टोटेनहम र ब्राइटोनको समान १० अंक छ।

गएराति नै सम्पन्न प्रिमियर लिगका अन्य खेलमा वेस्ट हमले एस्टोन भिल्लालाई १-० गोलले हराउँदा न्युक्यासल र वुल्भ्स १-१ गोलको बरारबरीमा रोकिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell