
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले स्पानोयललाई हराएको छ। कोरनेला एल-प्रट स्टेडियममा सम्पन्न खेलमा रियल मड्रिडले घरेलु टोली स्पानोयलमाथि ३-१ गोलको जित निकालेको हो।
खेलको १२ औं मिनेटमा भिनिसियस जुनियरको गोलमा मड्रिडले अग्रता बनाएको थियो। तर, ४३ औं मिनेटमा घरेलु टोलीका जोसुलुले गोल फर्काउँदा पहिलो हाफमा १-१ को बराबरीमा रोकियो। दोस्रो हाफमा करिमम बेन्जेमाले दोहोरो गोल गर्दै मड्रिडको जित सुनिश्चित गरे। खेलको ८८ औं मिनेटमा रोड्रिगोको पासमा गोल गरेका उनले अन्तिम गोल इन्ज्युरी समयमा गरेका थिए।
जितसँगै ३ खेल खेलेको मड्रिड लिगमा शतप्रतिशत जित निकाल्दै ९ अंक जोडेर शीर्षस्थानमा छ भने समान खेलबाट १ अंक जोडेको स्पानोयल १६ औं स्थानमा छ।
गएराति नै सम्पन्न अन्य खेलहरुमा बार्सिलोनाले रियल भालाडोलिडलाई ४-० गोलअन्तरले हराउँदा गेटाफे र भिल्लारियल गोलरहित बराबरीमा रोकिए।