PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

नेइमारको गोलमा हारबाट जोगियो पीएसजी



पहिलोपोस्ट

नेइमारको गोलमा हारबाट जोगियो पीएसजी
Getty Images

फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) हारबाट जोगिएको छ। पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा घरेलु टोली पीएसजी मोनाकोसँग बराबरीमा रोकिएको हो।

खेलको २० औं मिनेटमा लेक्जेन्डर गोभोलिनको पासमा केभिन भोल्याण्डले गोल गर्दै मोनाकोलाई अग्रता दिलाएका थिए। एक गोलले पछि परेको घरेलु टोलीलाई दोस्रो हाफमा नेइमारले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै हारबाट जोगाए। उनीमाथि फउल भएपछि रेफ्री भिएआरमार्फत पेनाल्टी दिएका थिए।

बराबरीका बावजुत ४ खेलबाट १० अंक जोडेको पीएसजी तालिकाको शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको पीएजीको राइभल मार्सेलीको पनि समान १० अंक छ। मार्सेलीले गएराति सम्पन्न खेलमा नाइसमाथि ३-० गोलअन्तरको जित निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell