PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

खुम्बुमा दुई दिने धर्म देशना



पहिलोपोस्ट

खुम्बुमा दुई दिने धर्म देशना

सोलु : सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका–३ मा दुई दिने धर्म देशना (प्रवचन) कार्यक्रम सम्पन्न भएको छ। शनिवार र आइतबार बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको आयोजनामा भएको धर्म देशनाको समापन समारोहलाई सम्बोधन गर्दै श्रद्धेय नाप्टा रिम्पोछेले मानव जीवन कर्म, हेतु र फलमा आधारित रहेको बताए। उनले बौद्ध धर्म दर्शनको अभ्यास, चिन्तन मनन गर्नुपर्ने र त्यसपछि व्यवहारमा लागू गरी सम्पूर्ण प्राणी जगतको कल्याणको आफ्नो समय खर्चिनुपर्ने बताए। उनको आशीर्वचनलाई खेन्पो ङ्वाङ लेन्डुपले अनुवाद गरेका थिए।

गुम्बाका अध्यक्ष नुर्बु ठिले शेर्पाले यस भेगमा सरकारीस्तरबाट पहिलोपटक गुम्बामा धार्मिक प्रवचन भएकोमा खुसी व्यक्त गरे। वडा न ३ का अध्यक्ष नुरु जाङ्बु शेर्पाले मन्तव्यको क्रममा शेर्पा समुदायको बाहुल्यता रहेको यस खुम्बु क्षेत्रमा धर्म देशना कार्यक्रमले पक्कै पनि सकारात्मक परिवर्तन ल्याउन उल्लेख्य भूमिका खेल्ने बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell